सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,८६७.३८ रुपैयाँ तोक्यो

काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३,८६७.३८ रुपैयाँ तोकेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मूल्यवृद्धिको निर्णय गरेको हो।

यो मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २१७.२४ रुपैयाँले बढाइएको हो। अघिल्लो वर्ष प्रतिक्विन्टल गहुँको समर्थन मूल्य ३,६५०.१४ रुपैयाँ तोकिएको थियो। त्यसअघि, २०७९ मा प्रतिक्विन्टल ३,३५१ रुपैयाँ तोकिएको थियो।

न्यूनतम समर्थन मूल्य तोकिएपछि किसानहरूले उत्पादनमा प्रेरणा पाउने सरकारको अपेक्षा छ। यस निर्णयले गहुँ उत्पादक किसानलाई आर्थिक रूपमा फाइदा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *