प्रधानमन्त्रीको आश्वासनपछि निर्माण व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी समस्या, निर्माण सामग्रीको चरम मूल्यवृद्धि रोक्नलगायत १४ बुँदे मागसहित आन्दोलनमा जाने तयारी गरेको नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो आन्दोलन फिर्ता लिएको छ ।

महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि आन्दोलन रोक्ने निर्णय गरेका हुन् । भेटका क्रममा व्यवसायीहरूले निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले तत्कालीन पूर्वअर्थमन्त्री युवराज खतिवडा र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई आवश्यक पहल गर्न निर्देशन दिएपछि महासंघले आन्दोलन स्थगित गरेको जनाएको छ । व्यवसायीहरूले सरकारले दिएको आश्वासनअनुसार ठोस कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *