उत्कृष्ट फिल्म बुलाकी र उत्कृष्ट अभिनेता मुकुन भुषाल

काठमाडौं। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकारलाई सम्मान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यक्रममा २४ संगीत विधा र ७ फिल्म विधा गरी ३१ विधामा अवार्ड प्रदान गरियो।

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यो अवार्डले नेपाली गीतसंगीत र फिल्म क्षेत्रको पहिचानलाई अझ उचाइमा पुर्याएको छ।

विशिष्ट सम्मान
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, समाजसेवी कमल प्रसाद दाहाल, र किड्स मोडल अनया शाह लाई सम्मान गरिएको थियो।

नगद सहित सम्मान
दिर्घ साधना सम्मान प्रतिष्ठित गीतकार प्रमोद ढुंगाना लाई रु. २५,५५५ नगदसहित प्रदान गरियो। पत्रकारिता पुरस्कार पत्रकार सामिप्यराज तिमल्सेना लाई रु. ११,१११ नगदसहित प्रदान गरियो।

प्रमुख उपस्थितिहरू
कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपाल चेम्बर अफ कमर्सका नि.अध्यक्ष राजेन्द्र मल्ल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.,सोरु गाउँपालिका मुगुका अध्यक्ष धर्म शाहिको विशेष उपस्थिति थियो। नेपाली फिल्म र संगीत क्षेत्रका थुप्रै हस्तीहरूले कार्यक्रममा सहभागिता जनाए।

गीतसंगीत तर्फका विजेता

उत्कृष्ट गायन (पुरुष, आधुनिक): रमेश पाठक – सातै सुर

उत्कृष्ट गायन (महिला, आधुनिक): मनु दाहाल – एउटै बर्को पिरतीको

उत्कृष्ट संगीतकार: नरहरि प्रेमी – मनको मझेरी

उत्कृष्ट लोक गायिका: आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला

फिल्म विधाका विजेता

उत्कृष्ट फिल्म: बुलाकी

उत्कृष्ट फिल्म निर्देशक: मिलन चाम्स – गोर्खा वारियर

उत्कृष्ट अभिनेत्री: दिया पुन – दयारानी

उत्कृष्ट अभिनेता: मुकुन भुषाल – गणपती

उत्कृष्ट पटकथा: राज बहादुर साने – बुलाकी

सांस्कृतिक फिल्मतर्फ

उत्कृष्ट अभिनेता: सागर केरुङ्ग – चे

उत्कृष्ट अभिनेत्री: लक्ष्मी योङ्घहाङ्ग लिम्बु – रीत

उत्कृष्ट फिल्म: लोजिमा

कार्यक्रमले नेपाली कला, संगीत र चलचित्र क्षेत्रमा योगदान दिने व्यक्तिहरूको योगदानलाई उजागर गर्दै सांस्कृतिक विकासमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *