नगर प्रमुख बुढा संग तत्कालीन प्रमुख जिल्ला अधिकारी दाहालको भेटघाट

२०८१/११/१९ गते सोमबार

काठमाडौ

नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा र तत्कालीन डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुल्सी प्रसाद दाहाल बीच भेटबार्ता भएको छ।
तत्कालीन जिल्ला अधिकारी दाहालले जिल्लामा हुँदा गर्नु भएको कामहरु सधै स्मरणीय रहिरहनेछन। बर्षौ देखि अलपत्र अबस्थामा रहेका तल्लु बगर बेलिबृज निर्माण,रुपगाड बेलिबृज निर्माण,जुफाल बिमानस्थल पुन:निर्माण,दुनै हस्पिटल पुल निर्माण प्रक्रिया अगाडी बढाउने जस्ता कर्णाली प्रदेश डोल्पा जिल्ला र भेरिकरिडोरको बिकास र समृद्धिको जिबनसंग जोडिएका कयौं काममा नगर प्रमुख ज्युलाई आफ्नो तहबाट निरन्तर सहयोग गर्नु भएको थियो। दाहाल जतिकै प्रमुख जिल्ला अधिकारी र रास्ट्रसेवक कर्मचारी भए देश परिवर्तन निकै सजिलो संग हुने नगर प्रमुख बुढाले भन्नू भएको छ।उहाँलाई पुन:कर्णाली प्रदेश सरकारको सचीव भएर आउन पनि निम्तो समेत दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *