नगर प्रमुख बुढा र तत्कालीन जिल्ला अधिकारी दाहाल बीच भेटवार्ता भएको छ।

२०८१/११/१९ सोमबार

काठमाडौ ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा र तत्कालीन डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुल्सी प्रसाद दाहाल बीच भेटघाट भएको छ।
दाहालले प्रमुख जिल्ला अधिकारीको कार्यभार समाले देखी आफ्नो कार्यकालसम्म जिल्लामा हुँदा गर्नु भएको महत्त्वपूर्ण कामहरु सधै स्मरणीय रहिरहनेछन। तल्लु बगर बेलिबृज निर्माण,रुपगाड बेलिबृज निर्माण,जुफाल बिमानस्थल पुन:निर्माण,दुनै हस्पिटल पुल निर्माण प्रक्रिया अगाडी बढाउने जस्ता कर्णाली प्रदेश भित्रका सल्यान,जाजरकोट ,रुकुमपश्चिम, र डोल्पा हुँदै छिमेकी देश चीनसम्म जोड्ने मुख्य सडक भेरिकरिडोर हो।उक्त लाईफ लाईन संग जोडिएका कयौं काममा नगर प्रमुख ज्युलाई आफ्नो तहबाट निरन्तर सहयोग गर्नु भएको थियो। उहाँ जतिकै प्रमुख जिल्ला अधिकारी र रास्ट्रसेवक कर्मचारी भए देश परिवर्तन निकै सजिलो संग हुने नगर प्रमुख बुढाले बताउनु भएको छ।उहाँलाई पुन:कर्णाली प्रदेश सरकारको सचीव भएर आउन पनि निम्तो समेत नगर प्रमुख बुढाले दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *