
आगामी आर्थिक बर्ष २०८२/८३ को लागी कर्णाली प्रदेश सरकारद्दारा आयोजना गरिएको योजना छनौट समितिले दुई दिन लगाएर आयोजनाहरु छनोट गरेको छ। आयोजना छनोटमा डोल्पाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने माननीयहरु जिल्लाका आठवटा स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिति रहेको रहेको थियो ।
डोल्पा जिल्लामामा प्रदेश सरकार मातहतका कार्यालयहरुका प्रमुखहरुको उपस्थितिमा स्थानीय तहको आवश्यकताको आधारमा योजनाहरु बनाईएको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युले जानकारी गर्नु भएको हो । योजनाहरु स्थानीय तहका आवश्यकताका आधारमा योजनाहरु समेटिएको भए पनि प्रदेश सरकारद्दारा सम्बोधन गर्ने भएको हुँदा पर्ख र हेरको अबस्थामा आफुहरु रहेको बताउनु भएको छ।
प्रदेश सरकार लागू भए देखि नै योजनाहरुमा बिकृती बढेको हुँदा जनताहरु प्रती निराशा छाएको हुँदा अबका दिनमा ब्यक्तिगत योजना र कमिशनका आधारमा आउने र पठाउने योजनाहरु सबै तहका सरोकारवाला ब्यक्तिहरुले रोक्न अनुरोध समेत गर्नु भएको छ।
आगामी दिनमा प्रदेश सरकारले गौरव र परिणाम मुखी आयोजना मात्र कार्यान्वयन गर्नु पर्ने गरि आर्थिक बर्षको आयोजनाहरु निर्माण गर्न समेत सुझाब दिनु भएको छ।
कुनै पनि हालतमा स्थानीय तहको कार्यपालिका बैठकबाट पास भएर आएका योजनाहरु नै प्राथमिकताकरण गरि प्रदेश सरकारले बजेट ब्यबस्थापन गर्नु पर्ने कुरा पनि बैठमा राख्नु भएको छ। यदि यहि समितिले नै यसरी काम गरे जिल्लाको बिकास पनि हुने र आम सर्बसाधारण जनताको प्रदेश प्रतिको बितृणा हराउदै जाने पनि बताउनु भएको हो।
प्रदेशको यो बेला परिक्षा रहेको पनि बताउनु भएको छ गत बर्षहरु जस्तै झ्याल बन्द गर्यौ भन्ने त लागेको छ तर फेरि हालत दोहोरिन पुग्यो भने सम्झिनुहोस संघीयतामा प्रदेशको काम नै छैन यदि छ भने स्थानीय तहको आवश्यकता पूरा गर्न सकोस् भन्ने प्रश्न खडा हुन्छ नै तर यहाँ समितीमा बस्दा संयोजक बनेका सरोकारवाला ब्यक्तिहरुको पनि औचित्यमा प्रश्न उठछ नै तर जवाफ काम गरेर नै दिने होला बोलेर जनता मात्र झुक्याएर हुँदैन होला भनेर नगर प्रमुख बुढाले भन्नू भएको छ।आफू अझै पनि पर्ख र हेरको अबस्थामा रहेको जानकारी समेत दिनु भएको छ।