शिक्षक आन्दोलनमा डोल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाको विकल्प सहित ऎक्यवद्द्ता

काठमाडौं ।

नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकको सवाललाई लिएर निरन्तर आन्दोलनमा छ। देशभरका शिक्षकहरु आन्दोलनका लागी राजधानीमा हुनुहुन्छ । म महासंघको आन्दोलनप्रति ऐक्यवद्धता प्रस्तुत गर्दछु। भौगोलिक हिसाबले संगै आन्दोलनमा हातेमालो गर्न नपाए पनि हजुरहरुको ऎजण्डा प्रति नगर प्रमुख सुबर्ण कुमार बुढा प्रतिबद्ध भएको जानकारी गर्दछु।
नेपाल सरकारले शिक्षक आन्दोलनलाई गम्भीरतापूर्व लिन आवश्यक छ। त्यसका लागी विभिन्न विकल्पहरू छन् :

  • तत्तकाल संसदको विशेष अधिवेसन आब्हान गरी तुरुन्त ऐन अघि वढाउने ।
  • बजेट अधिवेसनलाई अगाडी तानेर यो विधेयक‌लाई फाष्ट ट्रयाकबाट बढाउने ।
  • सरकारले सर्वदलिय / सर्वपक्षिय बैठकको आयोजना गरी नितान्त शिक्षकहरुको मर्म बुझी शैक्षिक अध्यादेश को रुपमा ल्याउने ।
    म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछु।
  • नगर प्रमुख ठुलीभेरी नगरपालिकाका जुफाल डोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *